हेडलाईनसमाचारगण्डकीमनोरञ्जन

लमजुङमा जिल्ला स्तरीय कृषि तिजगित प्रतियोगिता :  मेन्दो कृषक समुह प्रथम

• विजय अधिकारी ( संवाददाता ) लमजुङ  ६  भदौ २०८१ । लमजुङको सदरमुकाम बेसीशहरमा जिल्ला स्तरीय कृषि तिजगित प्रतियोगितामा सम्पन्न भएको छ।  कृषि ज्ञान केन्द्र लमजुङले महिलाहरुलाई कृषि सम्बन्धि जनचेतना जगाउने उदेश्यका लागि कृषि तिजगित प्रतियोगिताको आयोजना गरेको    हो ।


प्रतियोगितामा  राइनास नगरपालिका वडा नम्बर-३ मा रहेको मेन्दो कृषक समूह प्रथम, चिती कार्कीडाडा सेवा समाज बेसीशहर नगरपालिका वडा नम्बर-११, द्धितिय  र एकिकृत कृषि सहकारी समूह मध्यनेपाल नगरपालिका तृतीय हुन सफल भएका थिए ।प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने समुहलाई  क्रमशः नगद ५,३  र  २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी विजयराज पौडेलले जानकारी  दिए ।

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यालय प्रमुख खतिवडाले चाडपर्वका बेला कृषिलाई थप प्रवर्द्धन गर्न बर्सेनि तिजको अवसरमा कृषिमा आधारित जिल्ला स्तरीय कृषि तिजगित प्रतियोगिता गराउदै आएको र यसले कृषक हुलाई थप उत्साहित बनाउनेमा जोड दिए । प्रमुख खतिवडाले  प्रदेश स्तरीय प्रतियोगिता नै हुने भए पछि कृषिलाई गितको माध्यमबाट प्रवर्द्धन तथा कृषिमा सम्लग्न महिलाहरुलाइ मनोरञ्जनसंगै कृषि पेशा प्रति उत्प्रेरणा समेत जाग्ने उल्लेख गरे ।

प्रतियोगिताका विजयी समुहलाई प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराई  लमजुङ जिल्लाको प्रतिनिधित्व गराउने र त्यसको व्यवस्थापन कृषि ज्ञान केन्द्र लमजुङले गर्ने सूचना अधिकारी पौडेलले प्रहार समाचारलाई बताए ।

  केन्द्रका अनुसार जिल्ला स्तरीय प्रतियोगितामा जिल्लाका स्थानीय तहको प्रतिनिधित्व गर्दै बेसीशहर नगरपालिका का विभिन्न ३ समुह,मर्श्याङ्दी गाउँ पालिकाको विभिन्न  २ समुह र राइनास,मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकाको एक एक समुहको सहभागिता रहेको थियो ।


   जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुन केही स्थानीय तहहरुले स्थानीय पालिकामा नै आन्तरिक प्रतियोगिता गराई पालिकामा उत्कृष्ट समुहलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button