प्रहार समाचार । मकवानपुर ६ साउन २०८१ बिहिवार । मकवानपुर जिल्ला दिन प्रतिदिन शैक्षिक हवको जिल्लाको रूपमा परिचित हुन थालेको छ। जिल्लाको थाहा नगरपालिका-०९ चित्लाङमा स्थापना गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले जैविक कृषि विषयको स्नातकोत्तर र विद्यावारिधिको पढाइ सुरु हुनुले यसलाई पुष्टि गरेको छ ।

विश्वविद्यालय विकास समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले गत मंसिरदेखि अर्गानिक अग्रिकल्चर, फरेष्ट बायोमेटिरियल, आर्टिफिसीय ईन्टिलिजेन्स, र डेटा साइन्सको माष्टर र पिएचडीको पढाइ भइरहेको बताए । सरकारले स्वीकृति दिएको चार वर्ष नपुग्दै विश्वविद्यालयले पढाई संचालनमा ल्याएको हो ।
अहिले उक्त विश्वविद्यालयमा ३ विद्यार्थीले पिएचडी र १३ जनाले माष्टर डिग्री पढ्दैछन् ।विश्वविद्यालयले पहिलो वर्षनै ३२ जनालाई पढाउने लक्ष्य लिएकोमा विद्यार्थी छनौट गर्ने क्रममा १६ जना लाई मात्र पढाउन थालिएको विश्वविद्यालयले जनाएको छ।
चित्लाङको ताकाटारमा सरकारले स्वच्छन्द भैरव माविको नाममा रहेको १ सय ८० रोपनी जग्गाको भोगाधिकार विश्वविद्यालयलाई दिइसकेको छ । थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्ट
पर्यटकीय क्षेत्र चित्लाङमा सञ्चालनमा आएको उक्त विश्वविद्यालयले समग्र जिल्लालाई नै शैक्षिक हवकारूपमा परिचित गराउने बताउँछन् ।
























