प्रहार समाचार । तनहुँ ६ भदौ २०८१ बिहिवार । तनहुँ जिल्लाको पृथ्वीराजमार्ग अन्तर्गत पर्ने व्यास नगरपालिका वार्ड नम्बर १२ घाँसीकुवा नजिक बुधवार दिउँसो गएको पहिरो एकती पन्छाएर सवारी साधन सुचारू भएको छ।

आज विहाननैबाट दुबै तर्क बाट पहिरो पन्छाउने काम गरेर साँझ ६ बजेबाट एक ताडी बाटो खुल्ला गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रहार समाचारलाई बताए ।
‘ दुबै तर्फबाट डोजर र एक्साभेटरको प्रयोग गरेर पहिरो पन्छाउने काम गरेर एक तको यातायात सञ्चालनमा ल्याइएको हो’ -प्रजिअ गौतमले भने । छिटो राजमार्ग खुलाउन सम्पूर्ण श्रोत र साधन प्रयोग गरिएको उनले बताए । पहिरोमा माटो सङ्गै जङ्गलका रुखहरु पनि रहेकाले नेपाली सेनाले रुखहरु मेसिनको सहायताले काटेर हटाउने काम गरेको पनि प्रजिअ गौतमले बताए ।
१ सय ३० मिटर भन्दा बढि गएको पहिरो पन्छाउन आज दिन भर सम्म नै लागेको मुग्लीन पोखरा सडक विस्तार आयोजना पूर्वी खण्डका इन्जिनिया विष्णु पाण्डेले बताए । पाण्डेका अनुसार पहिरो बुल्दिखोला सम्म पुगेको पूर्व तर्फको माटो फाल्ने स्थानको अभाव रहेको भएतापनि व्यवस्थापत गरि राजमार्ग को पहिरो पन्छाइएको बताए । राजमार्ग नखुलुन्जेल वैकल्पिक मार्गका रूपमा व्यास नगरपालिका वडा नम्बर ११ को घाँसीकुवा पारि पोल्याङ्ग , दरैपँधेरा , रानी गाउँ हुँदै व्यास १ को तालघारेको बाटोलाई प्रयोग गरिएको व्यास नगरपालिकाका नगर प्रमुख बैकुष्ठ न्यौपानेले बताए । ‘
पहिरोले व्यास १ तालघर बस्ने सोममायाँ गुरुङ्गको ब्लकले निर्माण गरिएको टिनको छानाको घर तथा विजुलीको पोलमा समेत क्षति पुऱ्याएको छ। जस्काकारण विद्युत अबरुद्ध हुन पुगेको छ। अझै चारै ल्यानको पहिरो हटाउन केहिदिन लाग्ने प्रजिअ गौतमले बताए ।
























