हेडलाईनव्याससमाचारगण्डकी

पृथ्वी राजमार्गको घाँसिकुवामा गएको पहिरो पन्छाउन सुरु 

प्रहार समाचार तनहुँ ५ भदौ २०८१ बुधबार । तनहुँ जिल्लाको  पृथ्वीराजमार्ग अन्तर्गत पर्ने व्यास नगरपालिका वार्ड नम्बर १२ घाँसीकुवा नजिक बुधवार  दिउँसो गएको पहिरो  पन्छाउने काम सुरु भएको छ। 

अहिले विहानैबाट दुबै तर्कबाट पहिरो पन्छाउने काम भइरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रहार समाचारलाई  बताए ।
‘ दुबै तर्फबाट डोजर र एक्साभेटर, टिपरको प्रयोग गरेर पहिरो पन्छाउने काम भएको छ ‘ प्रजिअ गौतमले भने । जति सक्दो छिटो राजमार्ग खुलाउने प्रयासमा सम्पूर्ण श्रोत र साधन प्रयोग गरिएको उनले बताए । पहिरोमा माटो सङ्गै जङ्गलका रुखहरु पनि रहेकाले नेपाली सेनाले रुखहरु मेसिनको सहायताले काटेर हटाउने काम गरिरहेको पनि प्रजिअ गौतमले बताए ।

१ सय ३० मिटर भन्दा बढि गएको पहिरो पन्छाउन आज दिन भर सम्म नै लाग्न सक्ने र साँझ अवेर सम्ममा पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास गरिएको  मुग्लीन पोखरा सडक विस्तार आयोजना पूर्वी खण्डका इन्जिनिया विष्णु पाण्डेले  बताए ।

पाण्डेका अनुसार पहिरो बुल्दिखोला सम्म पुगेको पूर्व तर्फको माटो फाल्ने स्थानको अभाव रहेको छ ब। इन्जिनियर पाण्डेले व्यास नगरपालिका तथा वडा नं १२ लाई माटो फाल्ने स्थानको लागि सहजिकरण गरिदिन आग्रह गरिएको बताए । राजमार्ग नखुलुन्जेल  वैकल्पिक मार्गका रूपमा व्यास नगरपालिका वडा नम्बर ११ को घाँसीकुवा पारि पोल्याङ्ग , दरैपँधेरा , रानी गाउँ हुँदै व्यास १ को तालघारेको बाटोलाई प्रयोग गरिएको व्यास नगरपालिकाका नगर प्रमुख बैकुष्ठ न्यौपानेले बताए । ‘

पहिरोले व्यास १ तालघर बस्ने सोममायाँ गुरुङ्गको ब्लकले निर्माण गरिएको टिनको छानाको घर तथा विजुलीको पोलमा समेत क्षति पुऱ्याएको छ। जस्काकारण विद्युत अबरुद्ध हुन पुगेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button