प्रहार समाचार । भारत ५ भदौ २०८१ बुधवार । अनुसूचित जाति र जनजातिको आरक्षणमा क्रिमी लेयरलाई लिएर सर्वोच्च अदालतले गरेको निर्णयको विरोधमा दलित र बहुजन संगठनहरूले आज भारत बन्दको आह्वान गरेका छन् । दलित संगठनबाहेक विभिन्न राज्यका धेरै राजनीतिक दलले पनि भारत बन्दको समर्थन गरेका छन् ।

बहुजन समाज पार्टीकी प्रमुख मायावतीले सर्वोच्च अदालतको फैसलामा संविधान संशोधन गर्न सरकारसँग माग गर्दै हिंसाविहीन शान्तिपूर्ण रूपमा भारत बन्द गर्न अपिल गरेको बीबीसी हिन्दीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार मायावतीका भतिजा आकाश आनन्दले बसपा कार्यकर्ताहरूलाई भारत बन्दमा पार्टीको झण्डा बोकेर शान्तिपूर्ण रूपमा सहभागी हुन आग्रह गरेका छन् ।























