व्यासहेडलाईनसमाचारगण्डकीम्याग्दे

पृथ्वी राजमार्गको घाँसिकुवामा भिषण पहिरो : पहिरो पन्छाउन २ दिन भन्दा बढि लाग्ने

प्रहार समाचार । तनहुँ ५ भदौ २०८१ बुधबार । तनहुँ जिल्लाको  पृथ्वीराजमार्ग अन्तर्गत पर्ने व्यास नगरपालिका वार्ड नम्बर १२ घाँसीकुवा नजिक आज दिउँसो ठूलो पहिरो गएको छ। जसका कारण पृथ्वीराज मार्ग अवरुद्ध हुन पुगेको छ।

अवरुद्ध राजमार्ग खुलाउन दुई दिनभन्दा बढी लाग्ने भएको हुनाले वैकल्पिक मार्गका रूपमा व्यास नगरपालिका वडा नम्बर ११ को घाँसीकुवा पारि पोल्याङ्ग , दरैपँधेरा , रानीगाउँ हुँदै व्यास १ को तालघारेको बाटोलाई प्रयोग गरिएको व्यास नगरपालिकाका नगर प्रमुख बैकुष्ठ न्यौपानेले बताए । ‘ दुई सय मिटर भन्दा बढि ठुलो पहिरो गएकोले छ र खस्ने क्रम जारी भएकोले तत्काल पहिरो हटाउन सक्ने अवस्था छैन ।’’ स्थलगत निरिक्षण गरेका न्यौपानेले भने ।

ठूलो पहिरो गएकाकारण पहिरो पन्छाउन २ दिन भन्दा बढि लाग्ने तथा पहिरो पन्छाउने डोजर लगायतका साधन मगाइसकिएको  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रनाउ  दिपक कुमार रायले प्रहार समाचारलाई बताए ।
अबिरल वर्षापछि आएको डाँडै खसेको पहिरो बुल्दीखोलासम्म पुगेर खोलाको केहि भाग थुनिन समेत पुगेको छ। पहिरोले व्यास १ तालघर बस्ने सोममायाँ गुरुङ्गको ब्लकले निर्माण गरिएको टिनको छानाको घर तथा विजुलीको पोलमा समेत क्षति पुऱ्याएको प्रहरीले जनाएको छ। जस्काकारण विद्युत अबरुद्ध हुन पुगेको छ।

त्यसै गरि तनहुँको म्याग्दे गाउँपालिका अन्तरगत पर्ने मौरी बजारमा सानो पहिरो खसेकोले हटाउने काम भइरहेको र घाँसीकुवामा ठुलो पहिरो खसेको र खस्ने क्रम जारी रहेकोले बिहीबार बिहानबाट मात्रै पहिरो पन्छाइने प्रनाउ रायले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button