हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम यस्तो रहने

प्रहार समाचार । काठमाडौ ५ भदौ २०८१ बुधवार ।  हिंजो रातीदेखि परेको पानी अहिले देशका सबै प्रदेशमा परिरहेको छ। काठमाडौं उपत्यकासहित बारा, पर्सा, कैलाली, कञ्चनपुर, नुवाकोट, पाल्पा, पर्वत, अछाम र कञ्चनपुरमा पानी परिरहेको छ। वर्षा रोकिएको छैन । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बारा, पर्सा, स्याङ्जा, पर्वत , तनहुँ, लमजुङ , गोरखा , कास्कीमा चौबीस घन्टामा धेरै भारी वर्षा मापन गरिएको छ।

महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा बाराको सिमरा मापन केन्द्रमा १ सय ३९ मिलिमिटर वर्षा भएको छ।  त्यहाँ   पछिल्लो घन्टामा १ सय २९.४ मिलिमिटर वर्षा मापन भएको छ।त्यस्तै कोल्भीमा १ सय ८ मिलिमिटर वर्षा भएको   छ।

पर्साको रंगपुर, कैलालीको धनगढी विमानस्थल ,स्याङ्जाको पञ्चमुल, पर्वतको पञ्चासे , कार्कीनेटा, कञ्चनपुरको सुन्दरपुरमा धेरै वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा जारि नियमित बुलेटिनमा उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button