हेडलाईनसमाचारदेवघाटगण्डकी

पर्यटन प्रवर्धन गर्न देवघाटमा धार्मिक पदमार्ग निर्माण

प्रहार समाचार । तनहुँ (देवघाट ) ४ भदौं २०८१ मङ्गलवार । तनहुँ जिल्लाको आदिप्रयाग देवघाटधामको अध्यात्मिक एवं धार्मिक महत्व बचाई राख्ने उद्देश्यले  धाममा आउने पैदल यात्रीहरुलाई लक्क्षितगर्दै देवघाट गाउँपालिकाले पदमार्ग निर्माणको कामलाई अगाडी बढाएको छ।

दासढुङ्गाको  पुल तनहुँ तर्फको देवघाट गाउँपालिका वडा नं ५ देखि त्रिशुली नदीको तट हुँदै वेणी संङ्गम स्थल तथा  देवघाटको झोलुङ्गो पुलसम्मको दुरीलाई पदमार्गका रूपमा  काम अगाडी बढेको पालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

तीर्थराज देवघाटधामलाई ब्रह्मविद्याको  अध्ययन केन्द्रका रूपमा दिन प्रदिदिन अगाडी बढिरहेको परिप्रेक्षमा यहाँ आउने धार्मिक पदयात्रीलाई लक्क्षितगर्दै पालिकाको  १० किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्यलाई पूर्णता दिन गत वर्ष १ करोड ६० लाख संघिय समपूरक बजेट अन्तरगतको रकमले काम भएको पालिकाले जनाएको छ। यस वर्ष पनि संघिय समपूरक बजेट अन्तरगत यस पदमार्गको स्तरोउन्नतिका लागि २ करोड रकम विनियोजन भएको पालिकाका अध्यक्ष थापाले बताए ।

गाउँपालिकाका  अध्यक्ष थापा भन्छन्- ‘ समस्त हिन्दुधर्मालम्बीहरुको पावन धाम देवघाटमा आउने पैदल  तिर्थयात्रीहरुका लागि वरपरको सुन्तर वातावरणमा रमाउँदै त्रिवेणीधाममा स्नान गर्ने कार्यमा यो पदमार्ग कोशेढुङ्गा  सावित हुने छ ‘ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button