हेडलाईनसमाचारप्रदेश

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष  कार्कीको  मृत्यु

प्रहार समाचार । तनहुँ ४ भदौ २०८१ मङ्गलवार । सोमबार सवारी दुर्घटनामा परेका हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्र सिंह कार्कीको मृत्यु भएको छ।

उपाध्यक्ष कार्कीको उपचारको क्रममा मंगलबार बिहान २ बजे नेपालगञ्जमा मृत्यु भएको सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले बताए। 

उपाध्यक्ष सवार कर्णाली प्रदेश-२-००१ ख १०११ नम्बरको हायस माइक्रो सुर्खेतबाट नेपालगञ्ज जाँदै गर्दा भेरीगंगा नगरपालिका वडा नम्बर ५ मा दुर्घटनामा परेको थियो।

दुर्घटनामा उनीसहित १४ जना घाइते भएका थिए। उनीहरूको अवस्था सामान्य रहेको एसपी खड्काले बताए। मृतक कार्की नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button