हेडलाईनसमाचारप्रदेश

६ सय ११ किलोग्राम गाँजासहित भारतीय नागरिक  पक्राउ

प्रहार समाचार । बर्दिबास २४ साउन २०८१ बिहिवार । प्रहरीले ठूलो  परिणाममा दुई गाँजा तस्कर भारतीय नागरिकलाई पक्राउ गरेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ बाट ६ सय ११ किलोग्राम प्रतिबन्धित  गाँजासहित उनीहरूलाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । तस्विर : फाइल फोटो

पक्राउ पर्नेहरुमा भारतको  मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले बताए।

उनिहरुले मिनी ट्रक  प्रयोग गरेर  गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि प्रहरीले  नियन्त्रणमा लिइएको प्रवक्ता जैसवालले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button