हेडलाईनसमाचारप्रदेश

नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने

प्रहार समाचार । काठमाडौँ १८ साउन २०८१ शुक्रवार । अब नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने भएको छ। चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ। 

एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ। आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पुर्‍याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ। 

नर्सिङ शिक्षाको दायरा फराकिलो बनाउने विषयमा अध्ययन गर्न गत वर्ष आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा. सरला केसीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो।  – गोरखापत्र दैनिकबाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button