प्रहार समाचार । तनहुँ १३ साउन २०८१ आइतवार । तनहुँमा करेन्ट लागेर एक व्यक्तिको मृत्यू भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा व्यास नगरपालिका–१ लिचीघारी स्थित हाउजिङमा बस्ने ४० वर्षिय शिव अधिकारी रहेका छन् ।

घरमा पानी तान्ने मोटर जडान गर्ने क्रममा आज विहान अधिकारी लाई करेन्ट लागेको थियो । करेन्ट लागेर सख्त घाइते भएका अधिकारीलाई उपचारका लागि दमौली अस्पतालमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालको शवगृहमा राखिएको छ भने घट्नाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
























