हेडलाईनसमाचारभानुगण्डकीखेलकुद

भन्सारमा आयोजित मैत्रीपूर्ण फुटबलमा  पत्रकार महासंघ तनहुँको टिम विजयी

प्रहार समाचार । तनहुँ १२ साउन २०८१ शनिवार । १७ औं भानुकप फुटबल प्रतियोगिताको पूर्वसन्ध्यालाई लिएर तनहुँको भानु नगरपालिका भन्सारमा आज आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा  नेपाल पत्रकार महासंघ तनहुँको टिम विजयी भएको  छ ।

मैत्रीपूर्ण फुटबलमा महासंघ तनहुँले आयोजक भन्सार युवा परिवारलाई ४–३ गोलले पराजित गरेको हो ।  पत्रकारको तर्फबाट सुदीप पौडेल र मनोज कुमार श्रेष्ठले २/२ गोल गरे।
। आयोजकको तर्फबाट प्रेम तामाङले २ र एलोन तामाङले १ गोल गरेका थिए ।

मैत्रीपूर्ण खेलमा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीको समेत सहभागिता रहेको थियो । खेल निकै प्रतिस्पार्धात्मक रुपमा भएको पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपी अधिकारीले बताए ।


उक्त खेल १५/१५ मिनेटको गरिएको थियो । पत्रकार सम्मेलन पश्चात मैत्रीपूर्ण खेल गरिएको हो । २११ औं भानु जयन्तीका अवसरमा यही साउन १९ गतेबाट हुने १७ औं भानुकप फुटबल प्रतियोगितालाई लिएर आयोजक र पत्रकार बीच मैत्रीपूर्ण फुटबल गरिएको कार्यक्रम संयोजक विष्णु अधिकारीले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button