हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

बेनी–जोमसोम सडक अवरुद्ध

प्रहार समाचार । बेनी ११ साउन २०८१ शुक्रबा । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।


लोडरले पहिरो र ब्रेकरले ढुङ्गा फुटाउने काम भईरहेकोले आजै सडक खोल्ने लक्ष्यका साथ काम अगाडी बढाइएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले बताए ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन गरिएको पनि कार्कीले बताए । सडक अवरुद्ध हुँदा गन्तव्यमा पुग्ने सवारी साधनहरु बाटोमै रोकिएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button