हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारखेलकुद

विश्व खेलकुँदको ‘महाकुम्भ ‘ : पेरिस ओलम्पिक  उद्घाट आज : १० हजार ५ सय खेलाडी तथा दसौं लाख पाहुनाले भरिभराउ पेसिर

प्रहार समाचार । पेरिस ११ साउन २०८१ शुक्रबार । फ्रान्सको राजधानी पेरिसमा एक शताब्दीको अन्तरमा पहिलो पटक पेरिस ओलम्पिकको आज भन्य समारोहका बिच  औपचारिक रूपमा उद्घाटहुने भएको छ।


‘गेम्स वाइड ओपन’ यस वर्षको पेरिस ओलम्पिकको नारा हो, जुन १०० वर्षमा पहिलोपटक फ्रान्सेली राजधानीले ग्रीष्मकालीन खेलहरू आयोजना गरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र फ्रान्स सरकारले ओलम्पिकको उद्घाटन समारोहलाई विशेष र फरक बनाउने प्रयास गरेको छ ।


फ्रान्सको सबैभन्दा प्रख्यात सेन नदीमा उद्‌घाटन समारोह हुँदैछ ।मौलिक र अद्वितीय छनक दिन लागिएको उद्घाटन सत्रमा सहभागी खेलाडीले सेन नदीमा डुङ्गामा परेड गर्नेछन् । ओलम्पिकमा सहभागी प्रत्येक देशका लागि एउटा डुङ्गाको व्यवस्था गरिएको छ । ओलम्पिक परेडमा १० हजार भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । उक्त परेड सेन नदीको ६ किलो मिटर दूरीमा हुनेछ । जसमा दर्शकले सबैतिर छरिएर उद्घाटनको परेड हेर्न सक्नेछन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पेरिस ओलम्पिकका लागि देश तयार रहेको बताएका छन् । सन् १८९६ मा एथेन्समा ओलम्पिक शुरू भएको थियो । पेरिसले यसअघि सन् १९२० र १९२४ मा ओलम्पिक खेलकुद आयोजना गरेको थियो । लण्डनपछि तीनपटक ओलम्पिक आयोजना गर्ने यो दोस्रो देश बन्नेछ ।

फ्रान्सको राजधानी शहरमा २०६ राष्ट्रका १० हजार बढी खेलाडीको जमघट छ । कम्तीमा पनि ३ लाख २० हजार दर्शकले प्रत्यक्ष उद्घाटन समारोह हेर्नेछन् । सहभागी खेलाडीको परेड यही सेन नदीमाथि अगाडि बढ्ने डुंगामा हुनेछ । यसबीच १ सय ५० किलोमिटरको क्षेत्रको पेरिसको आकाश ‘नो फ्लाई जोन’ हुनेछ।

ओलम्पिक १६ दिन चल्नेछ । पेरिस शहरका लगभग सबै कुनामा कुनै न कुनै खेल हुनेछन् । .यसअघिको ओलम्पिक महामारीको सिकार बनेको थियो । त्यसैले यसपल्टको ओलम्पिकमा खुसीयालीको कुनै सीमा हुने छैन । यही ओलम्पिकले सम्भवतः विश्व खेलकुदको महाकुम्भको भविष्य पनि निर्धारण गर्नेछ ।

.त्यसमध्ये सबैभन्दा बढी आकर्षण त ३ सय ३० मिटर अग्लो आइफल टावर नै हुनेछ । आइफल टावरकै छेउमा बिच भलिबल आयोजना हुनेछ । सुरक्षाका लागि ४५ हजार प्रहरी तैनाथ हुनेछन् । सँगै हुनेछन् दस हजार सेना । कुल ३२ खेलको ३ सय २९ विधामा प्रतिस्पर्धा हुनेछ । पदकमा आइफल टावरबाट झिकिएको फलामको अंश पनि हुनेछ । प्रतियोगिताका क्रममा सेन नदीलाई पूर्ण सुरक्षामा राखिनेछ । प्रतियोगिताका कुल लागत ९ अर्ब युरो रहेको छ । त्यसमध्ये आधा त प्रायोजक, टिकट बिक्री र निजी क्षेत्रको कोषबाटै पूर्ति हुनेछ ।

पेरिस शहरमा पछिल्लो समय शृंखलाबद्ध आतंककारी आक्रमण पनि भएका छन् । त्यसैले १० हजार ५ सय खेलाडी तथा तिनका खेल हेर्न आउने दसौं लाख पाहुनाको सुरक्षा सबैभन्दा ठूलो चुनौती हुनेछ । युक्रेन तथा गाजामा चलिरहेको युद्धका कारण अहिले विश्व राजनीति नै खलबलिएको छ। त्यसैले पनि ओलम्पिकका लागि सुरक्षा व्यवस्था आफैंमा चुनौतीपूर्ण बनेको छ । -ऐजेन्सिहरु


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button