प्रहार समाचार । तनहुँ २२ असार २०८१ । हिंजो देखि परेकोअबिरल बर्षाका कारण पृथ्वीराजमार्ग अन्तरगत मुग्लीन पोखरा खण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको छ। सडक अवरुद्ध हुँदा गन्तव्यमा पुग्ने हजारौं यात्रहरु समस्यामा परेका छन् ।म्याग्दे–४ मनहरीमा शनिबार बिहान नै देखि साना र ठूला गरी तीनवटा गाडी हिलोमा फसेर राजमार्ग सडक अवरुद्व भएकाले निकलिएतापनि पहिरो निरन्तर खसिरहेको बताइएको छ।

अविरल वर्षाकै कारण तनहुँको म्याग्दे गाउँपालिका–४ को मनहरीका अतिरिक्त ,छबिसे र मौरी ओढारमा सडक अबरोध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
राजमार्ग हुदै यात्रा गर्ने सवारीचालक र सर्वसाधारण महानुभावले सतर्कता अपनाउन तनहुँ प्रहरीले अनुरोध गरेको छ ।
मौरी ओढारमा माथिबाट खसेको पहिरो खस्दा अवरोध भएपछि पहिराे पन्छाएर एकतर्फी सवारीसाधान संचालनमा ल्याइसकिएको भएतापनि पहिरो खस्ने क्रम भने नरोकिएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
राजमार्ग बिस्तार गर्ने क्रममा उक्त स्थानमा लामो र ठाडो भीर भएकाले बर्षासंगै पहिरा खसिरहने जोखिम पनि उत्तिकै रहेको छ प्रहरीले जनाएको छ ।
























