प्रहार समाचार । अर्घाखाँची २२ असार २०८१ । वर्षासँगै आएको पहिरोले गोरुसिङ्गे सन्धीखर्क सडक खण्ड अवरुद्ध भएको छ । तस्विर : फाईल फोटो

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीतसिंह राठोरका अनुसार सन्धिखर्क–६ दहखोला र बहोखरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
अबरुद्ध सडक घुम्तीदेखि पत्थर कोटसम्मको बाटो एकतर्फी खोलिएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण थप पहिरो जान सक्ने जोखिम कायमै रहेकोले सतर्क रहन प्रहरीले अनुरोधसमेत गरेकाे छ ।
























