प्रहार समाचार । तनहुँ २१ असार २०८१ । “नखेलौं जुवा र तास धनको नाश जिवनको बरबाद ” भन्ने सन्देश मूलक गितको खिल्लि उडाउँदै तनहुँको व्यास नगरपालिकामा दिन प्रतिदिन जुवाखेल्ने जुवाडेहरुको संख्या घट्नुको सट्टा बढ्दै जान थालेको छ। व्यास नगरपालिका दमौली बजारबाट केहि समय अगाडी जुवा तास खेल्ने जुवाडेहरुलाई पक्राउ गरेको केहि दिन बित्न नपाउँदै तनहुँ प्रहरीले व्यास नगरपालिका भित्रैबाट ठूलो संख्यामा जुवाडेहरुलाई पक्राउ गरेको छ।

हार जितको बाजिराखी तास खेल्ने व्यास नगरपालिका वडा नं ५ ठुलो घुम्तीबाट बिहिबार प्रहरीले १७ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी . कार्यालय तनहुँका डिएसपी दीपककुमार रायका अनुसार पक्राउ पर्नेहरुमा ठूलो घुम्ती बस्ने घर धनि यम बहादुर कुमाल सहित सुरेश अधिकारी, सुर्य कुमाल, बिज्ञान खनाल, मिन बहादुर थापा, बिष्णु कुमार जोशी, राजेन्द्र सुनार, मंगल सुनार, बिर बहादुर सुनार, शम्भु कुमाल,रबिन्द्र कुमाल, राज कुमार गुरुङ, शान्त बहादुर दरै, राम बहादुर कुमाल, पदम मगर, ऋषिराम अधिकारी र गौरी शंकर शाहलाई पक्राउ परेका छन् ।
जुवा तास खेली रहेका छन् भन्ने गोप्य सूचना पश्चात जिल्ला प्रहरी कार्यलयबाट प्रहरी अधिकृत समेतको प्रहरी टोली खटिई गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा जुवाखालबाट पच्चिस हजार नौ सय पन्चानब्बे नगद बरामद गरेको तनहुँका डिएसपी दीपककुमार रायले जानकारी दिए । रायका अनुसार तास खेलिरहेका १७ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई निजहरु उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट ६ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
























