हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम यस्तो रहने

प्रहार समाचार । काठमाडौँ, असार १ ।हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव कायमै रहेको छ ।   बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी र वाग्मती प्रदेशका केही स्थान, मधेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 

राति कोशी प्रदेशका केही स्थानका साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा मधेश प्रदेशलगायत बाँकी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेखले छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button