हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारसूचना प्रविधि

मलावीका उप-राष्ट्रपति साउलोस र अन्य नौ जना सवार विमान बेपत्ता

प्रहार समाचार । मलावी, जेठ २९ ।मलावीका उप-राष्ट्रपति साउलोस चिलिमा र अन्य नौ जना सवार एउटा विमान बेपत्ता भएको छ।  मलावी डिफेन्स फोर्सको विमान सोमबार बिहान राजधानी लिलोङ्वेबाट उडेपछि ‘राडारबाट बाहिर गएको’ बताइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

उड्डयन अधिकारीहरूले विमानसँग सम्पर्क गर्न नसकेपछि राष्ट्रपतिले खोजी र उद्धार कार्यको आदेश दिएका छ । यो विमान देशको उत्तरमा रहेको एम्जुजु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार हिंजो बिहान १०:०० बजे पछि अवतरण गर्नुपर्ने थियो।

विमानमा रहेका अन्य यात्रुहरूमा डा चिलिमाकी पत्नी मेरी, पूर्व प्रथम महिला शनिल जिम्बिरी र उपराष्ट्रपतिको युनाइटेड ट्रान्सफर्मेसन मुभमेन्ट (यूटीएम) पार्टीका केही अधिकारीहरू छन्।

डिफेन्स फोर्सका कमान्डरले घटनाको बारेमा जानकारी दिएपछि राष्ट्रपति लाजरस चकवेराले बहामासको लागि आफ्नो उडान रद्द गरेका छन् । ‘तथ्यहरू स्थापित भएपछि जनतालाई घटनाबारे अद्यावधिक गरिनेछ,’ राष्ट्रपति कार्यालयले भन्यो।

विमान बेपत्ता हुनुको कारण अहिलेसम्म थाहा नभएको जनरल भ्यालेन्टिनो फिरीले बताए । मलावीका सूचना मन्त्री मोसेस कुन्कुयुले बीबीसीलाई विमान खोज्ने प्रयास जारी रहेको बताए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button