हेडलाईनसमाचारप्रदेश

वैदेशिक रोजगारीमा ठगी गर्ने ठूलो गिरोह पक्राउ : १५ करोड बढी रकम ठगी

प्रहार समाचार । काठमाडौ, जेठ २९ ।
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका- १८ का २८ वर्षीय राजकुमार भट्ट र कास्कीको पोखरा महानगरपालिका- ८ का ४६ वर्षीय पवन पन्त रहेको प्रहरीले जनाएको छ। उनीहरूले १५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले विगत ३/४ वर्षको अवधिमा ३०० भन्दा बढी व्यक्तिलाई वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button