हेडलाईनसमाचारभानुगण्डकी

समुन्नत भानु बनाउनु पर्नेमा वक्ताहरुको जोड

प्रहार समाचार । तनहुँ, जेठ २९ । टोल र आमा समुहको संस्थागत क्षमता विकास भएमात्र समुन्नत वडा तथा सिङ्गो नगरपालिका समुन्नत बन्ने कुरामा वक्ताहरुले जोड दिएका छन्।

तनहुँको भानु नगरपालिका वडा नं. ५ मा रहेका टोल विकास संस्था र आमा समहुका पदाधिकारीलाई माइन्यूट, प्रेस नोट र लेखा व्यवस्थापन तालिमका अवसरमा बोल्दै वक्ताहरुले उक्त कुरा बताएका हुन् ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष नहकुल अधिकारीले टोल र आमा समुहको संस्थागत क्षमता विकास भएमात्र समुन्नत वडा बन्ने कुरामा जोड दिए ।माइन्यूट लेखन सिपले संस्थाको प्रारम्भिक गतिविधिमा सुधार, प्रेस नोट निर्माण तालिमले संचारमाध्यममा पहुँच वृद्धि र लेखा व्यवस्थापन तालिमले आयव्ययमा पारदर्शीता अपनाउन सघाउ पुऱ्याउने अपेक्षा गरिएको वडा अध्यक्ष अधिकारीले बताए । वडामा भए गरेका कार्यलाई स्वयं वडावासीले नियमन गर्न सकेमात्र सक्षम वडा बन्ने वडा अधिकारीले जानकारी दिए । वडामा हुने गरेका विकास निर्माणको हरेक कार्यमा वडावासीबाट सकारात्मक साथ र सहयोग पाएकोमा अध्यक्ष अधिकारीले वडावासीलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।
भानु नगरपालिका सामाजिक शाखाका प्रमुख प्रशासकीय अधिकृत कृपाहरि लौडारीले टोलमा भएका विकासका अभ्यास र टोलवासीको आर्थिक वृद्धिका सवालहरुको बारेमा, भानु नगरपालिकाका ईन्जिनियर लक्ष्मण पौडेलले योजना माग गर्दा प पुऱ्याउनुपर्ने काजगात र फरफाराक प्रक्रियाको बारेमा र पत्रकार पूर्ण विकेले प्रेस नोट लेखन सिपको बारेमा प्रशिक्षण दिएका थिए ।

भानु नगरपालिका ५ नम्बर वडा कार्यालयको आर्थिक सहयोग र सगुन मल्टिमिडिया प्रा.लिको समन्वयमा मंगलबारदेखि संचालन गरिएको दुई दिवसीय तालिममा उक्त वडाका टोल विकास संस्था, आमा समुह र युवा क्लवका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

बुधबार भानु नगरपालिकाका बरिष्ठ लेखा अधिकृत नवराज लौडारीले संस्थागत वित्तिय सुधारका पक्षहरु र पत्रकार शंकरराज नहर्कीले माईन्यूट लेखन विधि र अमर नहर्कीले प्रेस नोटको प्रयोगात्मक सिपको बारेमा सहजीकरण गर्नेछन् । समुन्नत भानु नगरपालिका बनाउने अभियानमा टोलवासीको साथ र सहयोगको बारेमा भानु नगरपालिकाका प्रमुख आनन्द त्रिपाठीले समेत प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा भानु ५ का वडा सदस्यहरु प्रेमबहादुर अधिकारी, मोहनबहादुर खाती, कमला आले र कल्पना परियार वडा सचिव रन्जेश श्रेष्ठ लगायत टोल विकास संस्था, आमा समुह, युवा क्लव लगायत संस्थाका अध्यक्ष तथा प्रतिनिधि गरी ५० जनाको सहभागिता रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button