प्रहार समाचार । मुसिकोट, जेठ २८ ।रुकुम पश्चिमको मुसिकोटमा आइतबार राती जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

खलंगाबाट बाँफिकोटको सिमखेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४१३ नम्बरको बोलेरो जीप मुसिकोट नगरपालिका–१ निपानेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलले बताए ।
दुर्घटनामा परी बर्दियाको ठाकुरबाबा नगरपालिका–५ का २७ बर्षीय सौगात विक, सुर्खेतको बराहताल गाउँपालिका–५ का १९ बर्षका जीतबहादुर कार्की र जीप चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेलकुनाका धर्मेन्द्र श्रेष्ठको मृत्यु भएको डिएसपी पोखरेलले जानकारी दिए ।
दुर्घटनामा तीनजना घाइते भएका छन्। घाइतेहरुमारुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल छन्।
सबै घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको डिएसपी पोखरेलले जानकारी दिए।२ जनाको अवस्था गम्भीर रहेको उनले बताए।
























