हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरूङ मार्गको ‘ब्रेक थ्रू’

प्रहार समाचार । संखुवासभा, जेठ २२ । संखुवासभामा निमार्णाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरूङ मार्गको ‘ब्रेक थ्रू’ भएको छ । संखुवासभास्थित मकालु गाउँपालिका–५ आम्राङमा आयोजित कार्यक्रममा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले सुरूङमार्गको ‘ब्रेक थ्रू’ गरेका हुन् ।

फ्याक्सिन्दा ड्यामसाइडदेखि दिदिङमा निर्माण हुने विद्युत् गृहसम्म पानी पुर्‍याउन ९.५ मिटर परिधिको ११.७८ किमि सुरुङ मार्ग निर्माण गरिएको हो । भारतीय सतलज कम्पनी ९एसजेबिएनले निर्माण गरिरहेको अरुण तेस्रोको ७० प्रतिशत काम सकिएको छ ।

कुनै अवरोध नभएमा एक वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button