साहित्यप्रदेश

तीन मुक्तकहरु

१, जीवनमा उर्जा थप्ने मीठो बातको जरुरी हुन्छ
भार थाम्ने बलियो तिम्रो हातको जरुरी हुन्छ
ढुङ्गाको भर माटोलाई माटोको ढुङ्गालाई
तिमीलाई मेरो मलाई तिम्रो साथको जरुरी हुन्छ।

२, खोक्रो आदर्श आजभोली धेरै बिकेको देखिन्छ
पुस्तौ देखि पुस्ता सम्म चाकडी सिकेको देखिन्छ
बोल्छन एउटा गर्छन अर्को हजुर आजका मान्छेले
देखावटी आडम्बरमै यो समाज टिकेको देखिन्छ।

३ , के हुँदैछ यहाँ आफु जन्मेको गाउँ बिर्सिदै छन
गाउँ शहर सबै छाडी आफ्नो ठाउँ बिर्सिदै छन
अहो नाम पनि अंग्रेजीमा राख्न थालेपछि हजुर
आउने पुस्ताले शुद्व नेपालीमा नाउँ बिर्सिदै छन।
– काठमाडौँ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button