हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारसूचना प्रविधि

भारतमा अहिलेसम्मकै उच्च तापक्रम : पुग्यो ५२ डिग्री सेल्सियस

प्रहार समाचार । भारत, जेठ १७ ।भारतमा अहिलेसम्मकै उच्च तापक्रम पुगेको छ । राजधानी दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवले बताए । यो अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम हो ।

क्षेत्रीय मौसम पूर्वानुमान केन्द्र स्वचालित मौसम केन्द्रमा बिहिबार उत्तर पश्चिमी दिल्लीको मुङ्गेशपुर क्षेत्रमा ५२ दशमलव तीन डिग्री सेल्सियस रेकर्ड गरिएको बीबीसीले जनाएको छ ।

भारत मौसम विज्ञान विभाग (आइएमडी) ले आज पनि हिजो जस्तै दिल्लीलगायत देशको उत्तरी भागका धेरै राज्यमा गर्मीको लहर (लू) को चेतावनी जारी गरेको छ ।

आइएमडीकाअनुसार पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थानका धेरै भाग, उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश, पश्चिम मध्य प्रदेशका केही भाग, बिहार, झारखण्ड, उडिसा र जम्मु डिभिजनका फरक फरक भागमा लु चल्ने सम्भावना छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button