साहित्यप्रदेश

कविताः गणतन्त्र दिवस

गाउँ गाउँमा सिंह दरबार गणतन्त्र आएपछि
गौरवान्वित  भयौं हामी  राजसंस्था गुमाएपछि

हात्ती आयो हात्ती आयो फुस्सा बन्यो परिस्थिति
चोक्टा खान्छु भन्दा झोलमा डुबियो  नेता ज्यूहरुले  घुमाएपछि

खुट्टा तान्ने खेल  खेल्दा पीडितलाई न्याय दिने फुर्सद छैन
पीडक उच्च शिरमा हिँड्छ  पीडितको  क्रन्दन कोही सुन्दैन

हत्या  हिँसा बलात्कार आत्महत्या बढिराछन्
महंगीले डाँडो काट्ने जनताले चाहेको  सुशासन हैन

घात प्रतिघात चलिरहन्छ  नाम मात्रको संघीयतामा
समझदारी ,समन्वय ,समभावको  कहिल्यै कार्यान्वयन भइन (भएन)

अझै पनि  दूरदर्शी  बनेहुन्थ्यो  पदासिनहरुले
अझै पनि हामी हाम्रो (कर्तव्य+देश)) भनेहुन्थ्यो  पदासिनहरुले

गणतन्त्र जिन्दावाद भन्ने दिन  आए हुन्थ्यो
समानता  समभावको प्रत्याभूति गर्न पाए हुन्थ्यो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button