हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

सिन्धुलीमा बस दुर्घटना  : ग्लोबल आईएमई बैंकका कर्मचारीहरू घाइते

प्रहार समाचार । सिन्धुली, जेठ १७ ।बर्दीबासबाट काठमाडौं फर्कँदै गरेको बस सिन्धुलीमा दुर्घटना भएको छ । ग्लोबल आईएमई बैंकका कर्मचारीहरू बोकेर महोत्तरीको बर्दीबास बाट काठमाडौं फर्कँदै गरेको बस दुर्घटनामा परेको हो ।

बागमती प्रदेश ०१०–०१–१७३२  नम्बरको पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । दुर्घटनामा घाइते भएकालाई स्थानीय अस्पताल खुर्कोटमा पठाइएको छ भने अन्य तीन जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ।

बसमा बैंकका २५ र बसका दुईजना गरी २७ जना घाइते भएका छन् । बस सडकबाट खसेर स्थानीयको घर पछाडि अड्किएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button