हेडलाईनसमाचारप्रदेशखेलकुद

आईसीसी टी–२० विश्वकप क्रिकेट : नेपालले आज अमेरिकासँग वार्म अप म्याच खेल्दै

प्रहार समाचार । काठमाडौँ, जेठ १७ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत आज  नेपालले घरेलु टोली अमेरिकासँग वामअर्प म्याच खेल्ने भएको छ । 

अमेरिकाको ​टेक्सास स्थित खेल मैदानमा  हुने खेल नेपाली समयानुसार राति ९:१५ बजेबाट शुरू हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको तालिकामा उल्लेख छ।

 नेपालले यसअघि क्यानडासँग पहिलो खेल खेलेको थियो । उक्त म्याचमा नेपाल ६३ रनले पराजित भएको थियो ।

जुन १ बाट शुरू हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्ससँग,जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने तालिका तय भएको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button