प्रहार समाचार । काठमाडौँ, जेठ १७ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव कायमै रहेको छ। यसैकाकारण आज कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम आंशिकदेखि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको थोरै स्थान र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसका साथै आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ
























