हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

शुक्ला गण्डकी न पा – ७  काउरे शिवालय  मन्दिर परिसरमा वडा स्तरिय योजना छनोट  कार्यक्रम सम्पन्न

• ध्रुव राज घिमिरे / तनहुँ, खैरेनीटार ,जेठ १६ । तनहुँको शुक्ला गण्डकी  नगरपालिका – ७ काउरे शिवालय मन्दिर परिसरमा वडा स्तरिय योजना छनोट कार्यक्रम बुधबार सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष  खड्ग सिंङ थापाले  वडाका भावियोजना र नगरबाट आउने बजेटको बारेमा जानाकारी गराउँदै आर्थिक वर्ष २०८०/८१ को योजनामा नगरबाट वडाकालागि  ९९ लाख ५७ हजार ३३ रुपैया  छुट्टयाइएको र उक्त  रकम मध्ये ६४ लाख  रुपैया पुर्बाधारमा खर्च गरिने र बाँकी रकम वडाका अन्य शिर्षकमा खर्च गरिने कुरा जानाकारी गराए ।

अध्यक्ष थापाले आर्थिक वर्ष २०७९/८० को बजेटमा वडाका गरिविको रेखामुनि रहेका ७० घर परिवारलाई वडाले खर्च बेहोर्नेगरि स्वास्थ्य  बिमा गराएको र वडा भित्र रहेका विभिन्न प्रकारका अपाङ्गहरुलाई घर घरमा पुगेर  अपाङ्ग परिचय पत्र वितरण गरिएको बताए ।  नगर ,प्रदेश र संघ सरकारसंग समन्वय गरेर ६ करोड रुपैयाँ  बराबरको भौतिक  पुर्बाधार निर्माण  गरेको बताए ।

कार्यक्रममा वडा समिति सदस्यहरु शारदा ढकाल, राज बहादुर थापा, गिर बहादुर  थापा, कविता  बिक, काउरे टोलका अध्यक्ष खिम लाल गिरीलगायत  टोल बासीहरुको उपस्थिति रहेको वडा सचीव  सुस्मा गौतमले बताइन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button