प्रहार समाचार । भारत, जेठ १३ । भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको अधिकारीले जनाएका छन् ।

राजकोटका प्रहरी आयुक्त राजु भार्गवले भने, ‘गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’मा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको छ ।’
उनले थपे, ‘गेमिङ जोन’ युवराज सिंह सोलङ्की नाम गरेका व्यक्तिको स्वामित्वमा छ । लापरबाही र मृत्युका लागि हामी अपराधसम्बन्धी मुद्दा दर्ता गर्नेछौं । उद्धार कार्य पूरा गरेपछि थप अनुसन्धान अघि बढाइनेछ ।’
























