हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतको  दिल्लीस्थित बाल अस्पतालमा आगलागी : ७ जना नवजात शिशुको मृत्यु

प्रहार समाचार । भारत, जेठ १३ ।भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ ।

शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् ।  त्यस्तै आगलागीमा परेर घाइते भएका ५ जना नवजात शिशु​काे अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

१२ जना नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ ।
कुनै निजी बस्तीको क्षेत्रबाट आगो उठेको बताइएको छ । आगलागीको कारण अहिलेसम्म नखुलेको अधिकारीहरूले जनाएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button