हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

गर्मी बढ्यो :  मौसम बदली रहने

प्रहार समाचार । काठमाडौँ, जेठ१३ । नेपालमा तराई देखि पहाडी जिल्लाहरुमा विगत केहिदिन देखि प्रचण्ड गर्मी बढिरहेको छ। जस्काकारण जनजिवन समेत प्रभावित हुन पुगेको छ।  देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

आज राति कोशी, मधेश, बागमती,  गण्डकी  र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।  कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेश र  सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आज अधिकांश प्रदेशमा वर्षाको सम्भावना छ । ‘कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत र देशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभाग को नियमित बुलेटिनमा उल्लेख छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button