हेडलाईनसमाचारबागमती

चक्रपथ निर्माणमा भएको ढिलाईको विरोधमा सडक विभागको गेटअगाडि महानगरको दुई ट्रक धुलो सहितको उपहार

प्रहार समाचारा । काठपाडौँ, जेठ १२ ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा चक्रपथ निर्माणमा भएको ढिलासुस्तीले प्रदुषण बढेको कारण देखाउँदै शनिवार महानगरपालिकाले विरोधस्वरुप विभागको भूल गेटै अगाडि  फोहोर फालिदिएको छ ।

सडक विभागअगाडि महानगर प्रहरीले धुलो सहितको दुई ट्रक फोहोर लगेर फोहोर फालिदिएपछि विभागले पनि प्रतिकारको चेतावनी दिएको छ । 

त्यसको जवाफमा एक विज्ञप्ति जारी गर्दै विभागले भनेको छ, ‘सडक डिभिजन काठमाडौँको कार्य क्षेत्र भित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्न समेत सडक डिभिजन बाध्य हुने ब्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’

विज्ञप्तिमा मिनभवनस्थित कार्यालयको गेटमा कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको उल्लेख छ । 
उता काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लाई सम्बोधन गर्दै लेखेका छन् –

‘तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर   स्विकार्नु होला ।’ मेयर शाहले आफ्नो फेसबुक पेजमा फोहर फालेको भिडियो समेत पेष्ट गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button