हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

पराशर मा वि मा नि:शुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न

प्रहार समाचार । तनहुँ, जेठ १२ । व्यास ५ मा रहेको पराशर माध्यमिक विद्यालयमा १ दिने निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर शनिवार सम्पन्न भएको छ। 

     नेपाल युवा रेडकस सर्कल परासर माध्यमिक विद्यालयको आयोजना गरेको उक्त शिविरमा  दमौली आँखा उपचार केन्द्र ब्यास-२ गणेशमान चोक र ए-वान स्माइल डेन्टल क्लिनिक ब्यास-२ मेनचोक, दमौलीको प्राविधिक सहयोग रहेको थियो।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला शाखाका सभापति डा. कृष्णप्रसाद गौतमले  युवा सर्कलले सामाजिक कार्यमा जिल्लाकै उत्कृष्ट काम गरेकाे बताउँदै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे। कपिक्रममा व्यास  ५ का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल), विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्री,  विद्यालयका पूर्व प्र.अ. हेम पौडेल, पाटन टोल विकास संस्थाका अध्यक्ष महेन्द्रगिरी, अभिभावक शिक्षक संघका अध्यक्ष नरबहादुर आले, पूर्व वि.व्य.स. अध्यक्ष कृष्ण नारायण श्रेष्ठ, वि.व्य.स. सदस्यहरु, अ.शि.संघ सदस्यहरु अभिभावक लगायतकाे उपस्थिति रहेको थियो।

युवा रेडक्रस सर्कलकी अध्यक्ष विष्णुमाया थापाको अध्यक्षता सम्पन्न भएको उक्त शिविरमा १ सय ८१ जनाको नि:शुल्क आँखा परीक्षण र १ सय २९ जनाको नि:शुल्क दन्त परीक्षण गरिएको  विद्यालयका प्रधानाध्यापक  रामदत्त पौडेलले बताए । कार्यक्रमको सहजिकरण  शिक्षक नायक मञ्जु खनालले गरेकी थिइन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button