साहित्यप्रदेश

कविता : नयाँ गणित

एक दुना एक नै हुने हिसाब
दुई दुना चार नबन्दा
अत्यासै अत्यासले मिचेको हस्तरेखा
अनि
बिजातीय पदहरुको विच्छेदनले जन्माएको एउटा समीकरण
नतमस्तक भएर उभिरहँदा
तिम्रा मुखाकृतिमा खजमजिएका ज्यामितीय रेखाहरु
विकर्णले जोड्ने प्रयासमा
जुटिरहेछन् चतुर्भुजका भित्री कोणहरु
भुकोभुको सिद्धान्तले गर्दैनन् पुष्टि
न त ती समकोण बन्छन्
या त लम्बिन्छन् भुजाहरु
विक्षिप्त कोणका अनुहार फेर्न
बन्छ अघोषित सिद्धान्त
अप्रमाणित तथ्यहरुको फेहरिस्तमा
सकिन्छ हिसाब बेरुजुमा
अनि
अप्रमाणित सङ्गतिमा

टुङ्गिन्छ एउटा गणितको कथा
बन्छ नयाँ गणित

मूलधनको व्याजमा सङ्गालिइएका सुर्केहरु
मिटर ब्याजमा रन्थदिँदा
च्यातिने छन् सम्झौताका तमसुकहरु
लुकाइने छन् मन्जुरिनामाका प्रमाणपत्र
अनि
सल्किने छ सम्झौताको पत्र
नील गगनमा धुवाँ बनेर
बन्न थाल्ने छन्  नयाँ सुत्रहरु
वर्गको क्षेत्रफल डबल स्क्वायरमा झुन्डिएर
रचिने छ पुनः नयाँ गणित
खैर !
सकिँदैन तिम्रो अनि उसको सम्बन्धको हिसाबकिताब
जब रचिने छ  नयाँ सुत्र
तब बन्नेछ नयाँ गणित

उफ !
खोज हुने छ चर्चा परिचर्चाको
हत्या हुने छ पुराना सुत्रको
प्रसवमा रन्थनिएको बेला
पुष्टि गर्ने छ
प्रमाणित तथ्यलाई अप्रमाणित तथ्यले
जहाँ हुने छ
ए प्लस बि को होल स्क्वायरको फर्मुला
एको पावर बाह्र
र बिको पावर सत्ताइस
तब जन्मिने छ
नयाँ सुत्र र नयाँ गणित
नयाँ विरेचनको नयाँ गणित ।।

• शुक्लागण्डकी नगरपालिका, तनहुँ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button