हेडलाईनव्याससमाचारगण्डकी

व्यासका जनप्रतिनिधिहरुको  दुई वर्षे कार्यकाल पूरा :  ‘शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि क्षेत्रमा उल्लेख्य काम भएको छ’ नगरप्रमुख न्यौपाने

प्रहार समाचार । तनहुँ, जेठ ११ । १४  वडामा विभाजित तनहुँको व्यास नगरपालिकाका जनप्रतिनिधिहरुको दुई वर्षे कार्यकाल पूरा भएको छ। दुई वर्षे कार्यकाल पूरा भएको अवसरमा नगरप्रमुख बैकुण्ठ न्यौपानेले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा विकास निर्माण, पूर्वाधार लगायतका क्षेत्रमा उल्लेख्य कामहरु भएको बताएका छन्  ।

यस वर्ष वडाहरुबाट निर्धारण गरिएका योजनाहरुको काम ८० प्रतिशत सम्पन्न भएको र बाँकी २० प्रतिशत सम्पन्न हुने चरणमा  रहेको नगर प्रमुख न्यौपानेले बताए ।

व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले नगर प्रमुख भएको दुई वर्ष पुगेको आजकै दिन एक प्रेस विज्ञप्ति निकाल्दै सम्पूर्ण नगरवासी हरुमा आभार व्यक्त गरेका छन् । विज्ञातिमा न्यौपानेले भनेका छन्-   ‘२०७९ बैशाख ३० गते भएको स्थानीयतहको निर्वाचन, २०७९ जेठ ५ गते पुनः मतदान भएको वडा नं. ८ को  निर्वाचन सम्पन्न भई आजैका दिन २०७९ जेठ ११ गते म समेत नगरपालिकाका जनप्रतिनिधीहरुले आफ्नो कार्याकालको २ वर्ष पुरा भएको अवसरमा सम्पूर्ण नगरवासी बुवा, आमा, दिदिबहिनी, दाजुभाईहरुमा सम्पूर्ण जनप्रतिनिधीहरुको तर्फवाट आभार व्यक्त गर्दछु ।’
‘विगत दुई वर्षमा यस नगरपालिकाले गरेका कामहरु विदितै छ । आ.व. ०७९/०८० मा आन्तरिक आयमा आएको कमी र संघ प्रदेशवाट दिइएको समानीकरण, राजश्व वाँडफाँडमा अन्तिम किस्तामा गरिएको कटौतीले निर्धारित योजनाहरु सम्पन्न हुन नसकी अधुरो रहने अवस्था आयो । यस वर्ष समेत अपेक्षित आयमा कटौती हुने संकेतहरु देखिएका छन् । यसर्थ नगरसभावाट निर्धारण गरिएको वार्षिक योजनाहरुलाई पूर्णता दिन नसकिएको  स्मरण  नगर प्रमुख न्यौपानेले गरेका छन् ।
विज्ञप्तिमा अगाडी भनिएको छ -‘यस वर्ष विश्वबैंकको सहयोगमा घाँसीकुवा– फराकचौर– पोख्रेलफाँट–माँझफाँट–कलेस्ती क्षेत्रमा निर्माणहुने “परासर मार्ग” करिव ४१ करोडमा निर्माण संझौता भई ०८२ असार सम्म सम्पन्न हुनेछ । व्यास १ र २ जोड्ने मोटरेवल पुल संघ सरकारको समपुरक योजनामा निर्माण भईरहेको छ । यस वर्ष वडा नं. ६, १३ र १४ का नयाँ वडा कार्यालय भवन, स्याम्घा स्वास्थ्य चौकी (वडा नं. ६), घाँसीकुवा स्वास्थ्य चौकी (वडा नं. १२) मा निर्माण सम्पन्न गरि सञ्चालनमा छन् । वडा नं. ८ को कार्यालय भवन ठेक्का लगाई सकिएको छ भने वडा नं. ३ को जग्गा प्राप्ती प्रकृया अन्तिम भएपछि यसै वर्ष ठेक्का प्रकृया अघि बढाईने छ ।


खड्गकाली मार्ग संघ समपुरक योजना, शहिद कालिका मार्ग र दमौली–केशवटार मार्ग प्रदेश सरकारसँगको समपुरक योजनामा निर्माणधिन छन् । देवीडाँडा, कमेरे साँध, मानहुकोट, गजौडे मुल, नयाँवस्ती खानेपानी योजनाहरु, चिस्यान केन्द्र, बैरेनी जग्गा विकास योजना, नारेश्वर ताल, व्यास नगर आधारभूत अस्पताल सम्पन्न हुने चरणमा पुगेका छन् । यस वर्ष वडा नं. १४ मा रुम्सी नमुनागाँउ निर्माण गर्न मुख्यमन्त्री नवप्रवर्धन कार्यक्रम उत्साहका साथ सञ्चालन भएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि क्षेत्रमा उल्लेख्य कामहरु भएका छन् ‘ विज्ञप्तिमा भनिएको छ।
  ‘व्यास नगरपालिकाद्वारा वडा नं. १० मा गौ संरक्षण केन्द्र सञ्चालनमा ल्याई छाडा गाईहरुको संरक्षण गर्नुका साथै  वडा नं. ७ शेषमटारमा अभिावक विहिन र अती विपन्न बालबालिकाहरुमा शिक्षाको पहुँच पुर्याउने हेतुले ५३ जना विधार्थीहरुलाई पूर्ण आवासिय व्यवस्थाको साथ कक्षा १ देखि ७ सम्म व्यास नगर समता विद्यालय सञ्चालन गरिएको , सरसफाई प्रशोधन व्यवस्थापनका दीर्घकालिन योजना अघि बढाइएको कामलाई चारैतिरबाट अवरोध उत्पन्न गराएतापनि आगामी दिनमा दिर्घकालिन रुपमा अगाडी बढाइने छ’ । ब छ।

विज्ञप्तिमा कार्यालय प्रमुख परिवर्तन भईरहने समेत यसवर्ष केही मुद्दाका चुनौतीहरु रहेता पनि यस्का बाबजुत अपेक्षाकृत शान्त, सौहार्द रुपमा नगरपालिकाका सबै निर्णयहरु सर्पसम्मत  रहेकाे र यी कार्यहरुमा सहयोग सदभाव राख्नुहुने सम्पूर्ण जनप्रतिनिधीहरु, राजनैतिक दलका मित्रहरु, सुरक्षा निकाय, सामाजिक संघ संस्था, सरकारी गैर सरकारी कार्यालयहरु, पत्रकार मित्रहरु, नगरपालिकाका कर्मचारीहरु र आम नगरवासीहरुमा हार्दिक आभार व्यक्त गर्दछु’ प्रेस विज्ञप्तिको अन्त्यमा नगरप्रमुख न्यौपानेले भनेका छन्। स्मरणीय रहोस नगर प्रमुख न्यौपानेको यो दोस्रो कार्यकाल हो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button