हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

राष्ट्रिय अनुसन्धान विभागमा ठूलो संख्यामा कर्मचारीको माग

प्रहार समाचार । काठमाडौ, जेठ ११ ।राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारीहरुको माग गरेको छ।

विभागले शुक्रवार  सूचना मार्फत २ सय ५२  जना कर्मचारी मागेको हो । जस अनुसार विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो। विभागले सहायक सूचक पदमा २ सय ३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर गरि २ सय ५२ कर्मचारीहरु माग गरेको हो।

दरखास्त दिनका लागि एक महिनाको समय तोकिएको छ। सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने छ भने र सुरक्षागार्ड र परिचरका लागि तोकिएको स्थानहरुमा उपस्थित भई आवेदन दिन सकिने  विभागको सूचनामा उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button