हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज बुद्ध जयन्ति/ चण्डि पूर्णीमा तथा उभौली पर्व : राष्ट्रपतिबाट सन्देश

प्रहार समाचार । काठमाडौँ, जेठ १० ।आज बुद्ध जयन्ति/ चण्डि पूर्णीमा तथा उभौली पर्व विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदै छ।


राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडबाड तथा पर्वहरूले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउने बताएका छन्।  किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा बिहिवार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले पर्वहरूले सामाजिक एकतासँगै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि भूमिका खेल्ने बताएका हुन् । 

हाम्रा पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउँछ भन्ने विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत् भनेका छन्, ‘उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक साँस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूले यो पर्वलाई भव्यरूपमा मनाउने गर्दछन् । जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वका रूपमा मनाइन्छ । यस वर्षको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button