हेडलाईनसमाचारभानुगण्डकीसाहित्य

भानु साहित्य उद्यन निर्माण परिकल्पनाको प्रारम्भिक रेखाचित्र सार्वजनिक

प्रहार समाचार । तनहुँ, जेठ ९ । भानु साहित्य उद्यन निर्माण परिकल्पनाको प्रारम्भिक रेखाचित्र सार्वजनिक तथा गुरुयोजनाको अवधारणा प्रस्तुत गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई पर्यटकीय, साहित्यीक एवं धार्मिक हिसाबले बिकास गर्ने उदेश्यले भानु साहित्य उद्यन निर्माण परिकल्पनाको प्रारम्भिक रेखाचित्र अर्थात तस्बीर सार्वजनिक गर्दै गुरुयोजनाको अवधारणा प्रस्तुत गरिएको छ ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बुधबार पत्रकार सम्मेलन मार्फत प्रारम्भिक रेखाचित्र  सार्वजानिक गर्दै गुरुयोजनाको तस्बीर सार्वजनिक गर्दै गुरुयोजनाको अवधारणा प्रस्तुत गरेका हुन्। नगर प्रमुख त्रिपाठीले भानु साहित्य उद्यानको भविष्यको वास्तविकता कस्तो हुने भन्ने विषयमा निर्माण परिकल्पनाको प्रारम्भिक तस्बिर (रेखाचित्र) स्केचगर्ने कार्य सम्पन्न गरि सार्वजनिक गरे । ६ वर्षको अवधि भित्र उत्कृष्ट साहित्यिक र सांस्कृतिक गन्तव्यको रुपमा निर्माण र विकास गर्ने पनि मेयर त्रिपाठीले घोषणा गरे ।


   भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रुपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण गर्नु एंव नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरुको संरक्षण सम्वर्धनका लागि विविध कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
नगर प्रमुख त्रिपाठीले भने “ रम्घाकोट (रम्घाको डाँडो) मा भानुभक्तको विशाल प्रतिमा निर्माण गरी भानुभक्तको कृतित्वलाई जीवन्तता दिन रम्घाको डाँडामा रामायण मन्दिर निर्माण गरी प्रमुख चरित्र (राम,सीता)का मुर्ति स्थापना गर्नु र रामायणमा वर्णित स्थान, घटना र परिवेशलाई विभिन्न माध्यमद्वारा प्रस्तुत गर्ने लक्ष राखिएको छ । त्यसैगरी नेपालको सामाजिक तथा सांस्कृतिक एकिकरण प्रक्रियामा भानुभक्तले दिएको योगदानलाई परिलक्षित गर्न नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्ने, रम्घा डाँडामा भानुभक्तकालिन घरबस्ती, जनजीवन, रहनसहन र सामाजिक वातावरणलाई वस्तुगत वा चित्राङ्कित रुपमा प्रदर्शन गर्ने लक्ष्य छ । ” भानु जन्मस्थललाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रुपमा बिकास गर्न सबैको सहकार्यको खाँचो रहेकोमा उनले जोड दिए ।

भानु साहित्य बाटिका निर्माण गरी नेपालका स्थापित कवि र साहित्यकारहरुका प्रतिमा स्थापना गर्ने, भानुभक्तका कृति, योगदान एंव नेपाली भाषा र साहित्यको अध्ययन, अनुसन्धानका निम्ति पुस्तकालय र सङ्ग्रहालय स्थापना गरी चुँदी रम्घालाई प्राज्ञिक उत्कृष्ट केन्द्रका रुपमा विकास गरी भानुभक्तको जीवनीमा आधारित रही भानुभक्त बसेका, घुमेका र कवितामा वर्णन गरेका स्थानहरुलाई जोड्ने गरी भानु परिक्रमा मार्ग (भानु सर्किट) को विकास गर्ने गुरुयोजनामा उल्लेख छ ।

भानु नगरपालिका वडा नं. ४ स्थित आदिकवि भानुभक्त आचार्यको जम्मस्थल चुँदीरम्घाको डाँडामा ’भानु साहित्य उद्यान’ कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारले भानु नगरपालिकालाई २०७८ मा एक करोड रुपैयाँ निकासा भएको र सोहि रकमबाट करिब ८८ रोपनी जग्गा अधिकरण गरी मुआब्जा प्रदान गरिएको नगरपालिकाकी उप–प्रमुख उमा गोतामेले जानकारी दिइन्।

राष्ट्रपति रामचन्द्र पौडेलको विशेष चासोका कारण चालु आर्थिक वर्षका लागि मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार भानु साहित्य उद्यान निर्माणको लागि रु. ५ करोड बजेट प्राप्त भएकोमा जग्गा विकास कार्यक्रम अन्तर्गत १ करोड ५० लाखमा बोलपत्र आब्हान भै ८३ लाख ५४ हजार  रुपयाँमा सम्झौता भएको छ ।


भानु जन्मस्थलको स्केच नक्सा तयार भै सार्वजनिकिकरण गर्न लागिएको , आदिकवि भानुभक्त आचार्यको उठेको र बसेको १/१ थान मोडेल मूर्ति जेठ २० गते भित्र बनिसक्ने जानकारी मूर्तिकारबाट प्राप्त भएको, टोपोग्राफी नक्साङ्कनको कार्य भैरहेकोमा १ करोड ८० लाख ४१ हजार खर्च भैसकेकोले करिब ३६ प्रतिशत वित्तिय प्रगति भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button