हेडलाईनसमाचारदेवघाटगण्डकी

देवघाट अनलाइनको स्थापना दिवस : बृद्धाश्रममा फलफुल वितरण र भोजनको व्यवस्था

प्रहार समाचार । तनहुँ, जेठ १० । देवघाट मल्टिमिडिया प्रा.लि.द्वारा सन्चालित देवघाट अनलाइन डटकमले एक वर्ष पूरा भएको छ। अनलाइनले  प्रथम स्थापना दिवसको अवसरमा बुधबार देवघाट गाउँपालिका–५ स्थित देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रममा फलफूल वितरण तथा बृद्धबृद्धालाई बिहानको भोजनको गराएको छ।

कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवरले स्थानीय क्षेत्रबाट सन्चालित देवघाट अनलाइनले स्थापना दिवसको अवसरमा बृद्धाश्रममा भोजनको व्यवस्था गरेर स्वागतयोग्य काम गरेको बताए । उनले स्थानीय स्तरमा हुने जुनसुकै घटनाको सत्य तथ्य समाचार सम्प्रेषण गरि देवघाटबासीलाई सुसूचित गराउनु पर्नेमा जोड दिए ।
वडा सदस्य बुद्धिबहादुर पाण्डे , देवघाट अनलाइनका अध्यक्ष प्रकाशचन्द्र भट्टराई  , बृद्धाश्रमकी व्यवस्थापक दिलमाया सापकोटा, रेडियो देवघाटका प्रबन्धक गोपाल शर्मा न्यौपाने, देवघाट सन्देश साप्ताहिककी सम्पादक गोमा न्यौपाने, देवघाट अनलाइनका कार्यकारी सम्पादक सागर भण्डारी,  व्यवस्थापक विष्णु पाण्डे तथा आश्रममा रहेका बृद्धबृद्धाहरुको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा देवघाट अनलाइनको तर्फबाट कार्यक्रममा अतिथी तथा सन्चारकर्मीहरुले बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरेका थिए । भने   ‘विहानको एक छाक भोजन व्यवस्थापनको लागि व्यवस्थापक दिलमाया सापकोटालाई नगद हस्तान्तरण गरेको अनलाईनका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button