हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

इरानका राष्ट्रपति इब्राहिम रायसीको असामयिक निधन : पाँच दिन राष्ट्रिय शोक

प्रहार समाचार । इरान, जेठ ८ । इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार  हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ।
सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका हुन्।

उनले इरानी राष्ट्रले यस दुःखद घटनामा एक इमान्दार र मूल्यवान सेवक गुमाएको बताए । संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोहम्मद मोख्बेरले सरकारको जिम्मेवारी सम्हालेको एक नेताले बताए ।
आयातोल्लाह खामेनीले मोख्बरलाई सरकारका तीन शाखाका अन्य दुई प्रमुखहरूसँगको सहकार्यमा अधिकतम ५० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्ने व्यवस्था गर्न आग्रह गरे ।

इरानको सरकारी सञ्चारमाध्यमले आज ६३ वर्षीय रायसी, विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र अन्य सात जनाको देशको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा आइतबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएको पुष्टि गरेको छ । उक्त दुर्घटनाको इरानी राज्य मिडिया आइआरएनएले हेलिकप्टरको भग्नावशेष देखाउँदै रेड क्रिसेन्टले ड्रोन फुटेज साझा गरेको थियो । 

देशको इस्लामिक रिभोलुसनरी गार्र्डससँग सम्बद्ध समाचार आउटलेट तस्निमले रायसीको अन्त्येष्टि आज ताब्रिजमा गरिने जानकारी दिएको छ । 

रायसी, विदेशमन्त्री अमिर–अब्दुल्लाहियान र उनको साथमा रहेको प्रतिनिधिमण्डल बोकेको हेलिकप्टर आइतबार पूर्वी अजरबैजान प्रान्तको वर्जाकन र जोल्फा सहरको बीचमा रहेको डिज्मार जङ्गलमा दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख छ। 

इरानी राष्ट्रपति अजरबैजानको भ्रमण सकेर फर्कंदै गर्दा खराब मौसमका कारण उनी सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button