प्रहार समाचार ।काठमाडौँ,जेठ ७ । नेपाली बजारमा सुनको मूल्यले सोमबार हाल सम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ।

यसअघि हिजो आइतबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।आइतबार चाँदी प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ।

























