हेडलाईनसमाचारप्रदेश

मौलाकाली मन्दिरसम्म पुग्नका लागि केबलकार : भक्तजनहरुलाई सहज

प्रहार समाचार । नवलपरासी, जेठ ६ । पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका लागि केबलकार सञ्चालन आएसँगै भक्तजनहरु लाई सहज भएको छ। जस्काकारण भक्तजनहरुको समेत आकर्षण बढ्न थालेको छ।

पूर्व–पश्चिम राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ दुई किलोमिटरमा मन्दिर फेदीको प्रवेशद्वार पुगिन्छ । मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र रमणीय हरियाली वातावरणमा केबलकार टप स्टेशन सम्म पुग्न सकिन्छ । ।

केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । १२ डब्बा रहेको यस केवलकारको गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक उद्घाटन गरेका थिए । मौलाकाली केबलकार आयोजनामा मुख्य लगानीकर्ता आइएमई समूहको ५१ प्रतिशत सेयर छ भने बाँकी ४९ प्रतिशत लगानी स्थानीय बासिन्दाको रहेको छ । दुई अर्ब बढि लगानीमा चारतारे होटेलसहित केबलकारको पूर्वाधार निर्माण गरिएको हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button