हेडलाईनसमाचारप्रदेश

आजको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि बोल्ने

प्रहार समाचार । काठमाडौ, जेठ ६ । आज संसद् बैठक बस्दैछ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको हो । आजको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि बोल्ने कार्यसूची रहेको छ । 

शुक्रबारको कार्यसूचीमा भने उनले बोल्ने भन्ने तय थिएन । सत्तापक्ष र प्रतिपक्षबीच शनिबार सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएसँगै गृहमन्त्री लामिछानेले पनि संसदमा बोल्ने कार्यसूचीले स्थान पाएको छ । 

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीमा ७ वटा विषय छन् । कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको थियो । अब आजदेखि भने संसद् सुचारु हुने सम्भावना निश्चित भएको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button