
१. कतिसम्म बुझें खै, कति बुझ्न सकिन
देवता मानेर ढुङ्गालाई, पुज्न सकिन,
आखिर बलवान त, परिस्थिति पो रहेछ
सहन बाध्य पर्यो सहेँ , जुध्न सकिन ।
२. फट्याईँको सामुमा सत्य, कहिल्यै झुक्दैन
सत्य सत्य नै हो, जो कर्तव्यमा चुक्दैन,
यति कुरा जो कसैले,बुझिराखे हुन्छ
सत्यको दाँजोमा असत्य, पुग्दै पुग्दैन ।
३. एउटा कुरा नबिर्सि, भन्ने विचार छ तिमीलाई
नत वल्लो घाट, नत पल्लो किनार छ तिमीलाई,
बुझ्न सकिनौ अझै, दुनियाँ कहाँ पुगिसक्यो
आफ्नै ढिपी छाडिनौ भैगो, धिक्कार छ तिमीलाई ।
– व्यास- १, तनहुँ ।
























