हेडलाईनसमाचारप्रदेश

मकवानपुरमा कार दुर्घटना  : दुई जनाको मृत्यु

प्रहार समाचार । मकवानपुर, जेठ ५ ।मकवानपुरको बकैयामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बकैया गाउँपालिका–१२ चौतारास्थित कान्ति लोकपथमा आज बिहान भएको दुर्घटनामा अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौंडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो ।

ललितपुरबाट हेटौंडाका लागि छुटेको कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन् । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।- लोकान्तरबाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button