हेडलाईनसमाचारबन्दीपुरगण्डकी

अनुसन्धानलाई सहयोग पुऱ्याउन गृहमन्त्रीले राजिनामा दिनुपर्छः नेता पौडेले 

प्रहार समाचार । तनहुँ, जेठ ५ ।नेपाली कांग्रेस नेता तथा प्रतिनिधी सभा सदस्य प्रदिप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनुसन्धानको लागि सहयोग पुऱ्याउन गृहमन्त्रीले पदबाट राजिनामा दिनु पर्ने बताएका छन् ।

नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्य समितिको आयोजनामा शुक्रबार बन्दीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले लामिछानेका बिरुद्ध परेको उजुरी गृहमन्त्रालयले नै अनुसन्धान गर्नु पर्ने भएकोले राजिनामा दिनु पर्ने बताए ।  सहकारीको रकम अपचनलन गरेको भनेको मुद्धा प्रहरी कार्यालयमा परेको गृहले नै अनुसन्धान गर्नु पर्ने भएकोले राजिनामा दिनु पर्ने पौडेलको भनाई थियो । नेता पौडेलले गृहमन्त्री नभई अन्य मन्त्रालय लिएको भए राजिनामा दिनु नपर्ने बताउँदै बालबालिका मन्त्रालय वा अन्य मन्त्रालय सम्हालेको भए राजिनामा माग्ने कुरा हुँदैनथ्यो, गृहमन्त्रीकै बिरुद्ध गृह, प्रशासन, प्रहरीले अनुसन्धान गर्न सक्दैन । 

कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति श्यामकुमार मौरती, नेपाली कांग्रेस महासमितिका सदस्य पुरुषोत्तम खनाल, नेपाली कांग्रेस तनहुँका सहसचिव परमेश्वर भट्टराई, क्षेत्रिय सचिव राजु बानियाँ, क्षेत्र नं १ क का सभापति काजीमान श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला नेता नविनराज पौडेल,  नेपाली काँग्रेस बन्दीपुरका सभापति कर्णबहादुर खत्री, बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष तथा नेपाली कांग्रेस गण्डकी प्रदेश प्रतिनिधी पञ्चमाया गुरुङ, प्रदेश प्रतिनिधी विपिन गुरुङ नेपाल दलित सङ्घ तनहुँका उपाध्यक्ष रामकृष्ण विक लगायतले नेताहरुमा गुटबन्दी तथा कार्यकर्तामा अनुशासनको कमी भएकोले कांग्रेस कमजोर भएकोले त्यसलाई सुधार गर्न नेताहरु लाग्नु आवश्यक रहेको कुरामा जोड दिएका थिए । कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस बन्दीपुरका सचिव कर्णबहादुर गुरुङले गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button