प्रहार समाचार । चितवन, बैशाख ३० । चितवनको एक निजि बोडिङ स्कूलको बसमा पेट्रोल बम प्रहार भएको छ।
तस्विर : फाईल फोटो

भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा स्मल हेभन बोडिङ स्कूलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा आज बिहान पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उक्त बस विद्यार्थी लिन जाँदै गरेको थियो ।
उनले छ जनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गर्दा बस पूर्णरूपमा जलेको बताए । प्रहरी घटनास्थलमा पुगी घटनाको विवरण लिने काम गरिरहेको र घटनाको थप अनुसन्धानपछि मात्रै कसले र किन बम प्रहार गरेको भनेर खुल्ने प्रहरीले जनाएको छ ।
























